.

.

Tuesday, February 23, 2016

Roshan Thpa

कुन बाइबल पढम् हजुर ?


baibalको लागि तस्बिर परिणाम

new testament पढम् कि old testament पढम् ? हिब्रु भाषाकाे पुरानाे अाधिकारिक बाइबल पढम् कि नेपालकाे पहिलाे पादरी गङ्गाप्रसादकाे बाइबल पढम् कि हिजाेअाज "नयाकरार" नाममा निकालिएका क्याथाेलिक/प्राेटेस्टेण्टका अलगअलग verse हरु पढम्? प्रभुका वचनकाे विश्वास गरम् कि येशुकाे स्वर्गाराेहणपछि २००० वर्षभित्रमा "नयाकरार"काे नाममा ३१००० पटक Rewritten गरिएका बाइबलमा विश्वास गरम्?
१० वर्षअघिको बाइबल, ५ वर्षअघिको बाइबल र अाजकाे बाइबलमा अाकाशजमीनकाे फरक छ! कुन अाधिकारिक मानेर पढाैँ?
१३ वर्षको उमेरदेखि २८ वर्षको उमेरसम्म जिसस कहाँ हराए? कसले बताइदेला मलाई ? अरु बेला " अामीन" भन्दै स्याल हुइँकेकाे जस्ताे हुइँकिने फादर, पाष्टर र विशप पनि याे प्रश्न साेधेपछि "माैनव्रत" सुरु गर्छन् ।
डिभाइन लाइट भनेकाे के हाे? कसले अर्थ लगाइदेला मलाई ?
मैले सुनेकाे - यहाेबा एक, मसिह येशु एक, बाइबल एक । सहि हाे ?
विश्वभरकाे क्रिश्चियन इतिहास हेर्दा (१) क्याथाेलिक दुई थरी( ल्याटिन, सिरियन), (२)प्राेटेस्टेण्ट, (३)मारथाेमा, (४)पेन्टेकाेस्ट, (५)सेल्भेसन अार्मी, (६)seventh day Adventist, (७)अार्थाेडक्स, (८)जेकाेबाइट लगायत इसाइहरुका १४६ सम्प्रदाय रहेछन् ।
एक परमेश्वर र उनै मुक्तिदाता भएपछि यति धेरै सम्प्रदाय किन भए हाेलान्?
काेही "ईष्टर चाड" नमानी नहुने र काेही मान्नै नहुने क्रिश्चियन रहेछन् , कसलाई विश्वास गरम् ?
एउटा समुदायकाे चर्चमा अर्काेलाई प्रवेश निषेध रहेछ । बिर्सेर पनि जाँदा रहेनछन् ।
काेही मुक्तिदाता प्रभु येशुलाई ठूला मान्नेरहेछन् भने काेही "प्रभु" जन्माउने अामा मरियमलाई ठुला मान्ने रहेछन् । काेही शूलीमा चढाइएपछि "हे पिता! यिनीहरूलाई माफ गरिदिनुहअाेस्" भनेर येशुले प्रार्थना गरेका स्वर्गका परमेश्वर यहाेवालाई ठूला मान्ने भक्त रहेछन् ।
अब तपाईं नै भन्नुस्, कसकाे कुरा सुनम्? कसकाे कुरा पत्याउँ? कुन सम्प्रदायकाे चर्चमा जाउँ? कुन करारकाे बाईबल पढाैँ?
काे ठूलाे मानाैँ ? 
परमेश्वरका एकमात्र पुत्र मुक्तिदाता येशु ठूलाे कि, मुक्तिदातालाई जन्माउने अामा मरियम ठुलाे कि, येशुले समेत प्रार्थना गर्ने यहाेवा ठूलाे मानाैँ ?

एउटा क्याथाेलिक पाष्टर अाउँछ र भन्छ - कृष्ण सैतान हाे । 
अर्काे प्राटेस्टेन्ट पाष्टर अाउँछ र भन्छ - राजा सुलेमान नै तिमीहरुले मानेकाे कृष्ण हाे!

दुई थरी कुरा सुनेर, 
पागल भएर धर्म फेरे कि, धर्म फेरेर पागल भए कि, मलाई पागल बनाउन खाेजेका हुन्? केही मेसाे पाउँदिनँ ।

केही प्रश्न गर्नु थिए काेसँग गराैँ, जानेकाे जवाफ त दिन्छन् , जानेनन् भने "सैतान र टपरे" काे बिल्ला भिराइदिन्छन् ।
इसाईकाे सत्य बुझ्न के गरम् हजुर?
नयाकरार पढाैँ कि bible is not need to rewrite, its need to re-read भनेर पुरानै पढम्?

दिमाख चक्कराएकाे छ ।

Roshan Thpa

About Roshan Thpa -

Roshan Kumar Thapa is veteran keen tech-savvy person which has enabled him to qualify for the job. He has knowledge in wide range of IT fields. He is highly trained and skilled in Graphic design, Tally, A+ hardware and networking, AutoCAD, Web Design/Development, Application Development, Video editing, Q-Basic and had good knowledge of C, C++, C# and Java programming. He keeps a keen interest in information technology and loves to keep himself updated through news, magazines, books, and blogs. He likes to learn and share his knowledge. He also runs a blog where he posts updates about the latest advancements in technology and his own teachings as well.

Subscribe to this Blog via Email :