.

.

Tuesday, May 3, 2016

Roshan Thpa

अब गमलामा रोपेको रुखले मोबाइल चार्ज हुने

अब छिटै आफ्नो मोबाइल चार्ज गर्नका लागि तपाइँलाई बिजुलीको आवश्यकता पर्नेछैन । अब तपाइँले घरमा गमलामा रोपेको सानो बिरुवालेनै तपाइँको मोबाइलको ब्याट्री चार्ज गरिदिनेछ ।
स्पेनका तिनजना युवा वैज्ञानिकहरुले एउटा यस्तो ब्याट्रीको निर्माण गरेका छन् जसलाई गमलामा रोपेको रुखले नै चार्ज गर्न सकिन्छ ।
बायो नाम दिइएको उक्त ब्याट्रीले बिरुवाले प्रकाश संश्लेषण क्रियाका दौरान पैदा गरेको उर्जालाई विद्युत उर्जामा बदल्न सक्दछ । जसबाट पूर्ण नविकरणीय तथा स्वच्छ उर्जा प्राप्त गर्न सकिन्छ ।
यो प्रविधिबाट ३ देखि ४० वाटसम्म विजुली उत्पादन गर्न सकिने र विजुलीको क्षमता रुखको प्रकार तथा आकार निर्भर हुने बताइएको छ ।
वैज्ञानिकहरु पाब्लो म्यानुएल, राफेल रेबोलो र शावेर रोडि्रजको टोलीले आफ्नो यो अनौठो ग्याजेटलाई व्यवसायिक उत्पादन मार्फत बजारमा ल्याउने तयारी गर्दैछ । अहिलेसम्म आफुले यो ग्याजेटको प्रोटोटाइपबाटै आफ्नो फोन चार्ज गरिरहेको पाब्लो बताउँछन् ।
शोधकर्ताहरुका अनुसार बिरुवाबाट उत्पादन गर्न सकिने विजुलीले केवल मोबाइल चार्ज गर्न सकिने मात्र होइन एउटा वगैँचाबाट पूरै घरलाई चाहिने बिजुली उत्पादन गर्न सकिन्छ ।

Roshan Thpa

About Roshan Thpa -

Roshan Kumar Thapa is veteran keen tech-savvy person which has enabled him to qualify for the job. He has knowledge in wide range of IT fields. He is highly trained and skilled in Graphic design, Tally, A+ hardware and networking, AutoCAD, Web Design/Development, Application Development, Video editing, Q-Basic and had good knowledge of C, C++, C# and Java programming. He keeps a keen interest in information technology and loves to keep himself updated through news, magazines, books, and blogs. He likes to learn and share his knowledge. He also runs a blog where he posts updates about the latest advancements in technology and his own teachings as well.

Subscribe to this Blog via Email :