.

.

Thursday, May 26, 2016

Roshan Thpa

आफ्नो कम्प्युटर कसले प्रयोग गर्यो कसरी थाहा पाउने ?

कहिले प्रयोग भयो ? सम्भवत यो सवैजसो कम्प्युटर प्रयोगकर्ताको चासो र चिन्ताको बिषय हो । किनकी अहिलेको जमानामा कम्प्युटर नै एउटा ब्यक्तिको सम्पूर्ण सूचना भण्डार र सम्पत्ति हो ।

त्यही कम्प्युरटमा महत्वपूर्ण कागजात र सूचनाहरु राखिएका हुन्छन, प्रयोगकर्ता के गरिरहेको र के गर्ने योजना बनाइरहेको भन्ने पनि यहींबाट थाहा हुन्छ । ब्यक्तिगत कम्प्युटर उसको पर्स भन्दा पनि महत्वपूर्ण चीज हो भन्दा फरक नपर्ला ।

त्यसैले तपाईको कम्प्युटर पछिल्लोपटक कहिले प्रयोग गरियो भन्ने सूचनाले त्यो कसले प्रयोग ग¥यो र आफ्ना सूचनाहरु कसले थाहा पाइराखेको छ भन्ने पत्ता लगाउन सजिलो हुनेछ ।

यदि तपाईको घरमा केटाकेटीहरु छन र उनीहरुले रातीको समयमा कम्प्युटरमा खेलेर बिताउने सम्भावना छ भने अन्तिमपटक प्रयोग कतिखेर भयो भन्ने सूचनाले तपाईलाई झनै सहयोग गर्ने छ ।

त्यसैले आज हामी तपाईलाई केही यस्ता सरल बिधिहरु बताउँदैछौं जसको सहयोगमा तपाई कुशल प्राबिधिक नभई पनि आफ्नो कम्प्युटर पछिल्लोपटक कतिखेर प्रयोग भयो भन्ने थाहा पाउन सक्नुहुनेछ ।

कसरी थाहा पाउने ?

सामान्यतः तपाईले आफ्नो कम्प्युटरको रिसेन्ट प्लेसस फोल्डरबाट आफ्नो कम्प्युटरमा कुन समयमा कुन फोल्डर खोलियो भन्ने जानकारी लिन सक्नुहुन्छ । स्टार्ट मेनुमा रहेको सर्चमा गएर रिसेन्ट प्लेसस सर्च गर्नुभयो भने सो फोल्डर देखिने छ । त्यसलाई खोल्नुहोस्, त्यहाँ डेट मोडिफोइड शीर्षकमा कम्प्युटरमा पछिल्लोपटक खोलिएका फोल्डरको सूची देखिन्छ । त्यहाँ क्लिक गरेपछि तपाईले आजको दिन, यो साता, यो बर्ष लगायतका बिभिन्न अप्सन छानेर फोल्डर खोलिएको सूचना थाहा पाउन सक्नुहुन्छ ।

वेब ब्राउजर history मार्फत् पनि इन्टरनेटमा कुन फाइल चेक गरियो भन्ने जानकारी लिन सकिने छ ।

प्रबिधिसँग जानकार मानिसले यी माथिका बिधिलाई सजिलै छलेर तपाईको कम्प्युटर प्रयोग गर्न सक्छ ।

त्यसैले तपाईले Windows Log बिधि प्रयोग गरेर पनि आफ्नो कम्प्युटर पछिल्लोपटक कतिखेर प्रयोग गरियो भन्ने जानकारी लिन सक्नुहुन्छ ।

यसका लागि विन्डोज ८ मा Event Viewer अप्सन हुन्छ । सोमार्फत् तपाईले विन्डोज लग एक्सेस गर्न सक्नुहुन्छ । विन्डोज ७ र विन्डोज एक्सपीमा Control Panel मार्फत् Administrative Tools> Computer Management> र Event Viewer हुँदै अगाडी बढेर Windows Log फोल्डर खोल्नुहोस् ।

Roshan Thpa

About Roshan Thpa -

Roshan Kumar Thapa is veteran keen tech-savvy person which has enabled him to qualify for the job. He has knowledge in wide range of IT fields. He is highly trained and skilled in Graphic design, Tally, A+ hardware and networking, AutoCAD, Web Design/Development, Application Development, Video editing, Q-Basic and had good knowledge of C, C++, C# and Java programming. He keeps a keen interest in information technology and loves to keep himself updated through news, magazines, books, and blogs. He likes to learn and share his knowledge. He also runs a blog where he posts updates about the latest advancements in technology and his own teachings as well.

Subscribe to this Blog via Email :