.

.

Tuesday, October 30, 2018

Roshan Thpa

यसरी छान्नुहोस् राम्रो स्मार्टफोन

विविध कारणले तपाईलाई नयाँ फोनको आवश्यक परी रहेको छ ? के ? कस्तो ? कुन ब्राण्डको ? एन्ड्रोइड वा आइओएस कुनको अपरेटिङ सिस्टम राम्रो छ ? धेरै वैकल्पिक छनौट बजारमा भएको बेला यस्ता प्रश्न आउनु स्वभाविक हो ।
अाफूलार्इ आवश्यक परेको डिजाईन, अपरेटिङ सिस्टम, स्टोरेज र राम्रो क्यामेरा जस्ता कुराको सूचि तयार गरेर बजारमा किन्न जान सकिन्छ । प्रविधिले अझ सहज बनाई रहेको बेलामा तपाईले स्मार्टफोनको सम्पूर्ण मूल्य देखि बिशेषता घरमै बसेर प्राप्त गर्न सक्नु हुन्छ । 
पसलमा गएपछि हामी सर्वप्रथम आँखाले राम्रो देख्ने कुराहरु रोज्छौँ तर त्यस्तो स्मार्टफोनहरु राम्रो देखेर भएर मात्र हुदैँन । फोनहरु खरीद गर्ने बेला विविध कुराहरु हेर्नु पर्छ । जस्तै : अपरेटिङ सिस्टम, स्टोरेज, क्यामेरा, ब्याट्री लाईफ, मूल्य, डुअल सिम र नेटवर्क ईत्यादी कुराहरु ख्याल गर्नुपर्छ ।
मूल्य निर्धारण गर्नुहोस्:
सर्वप्रथम अाफूले स्मार्टफोनमा कति खर्च गर्ने मूल्य निर्धारण गरौँ र त्यही अनुसार फोनको छनोट गरौँ । महँगो छान्ने हो भने तपाईले आइफोन र सामसुङ लिन सक्नु हुन्छ र मध्यम मूल्यको चाहानु हुन्छ भने एन्ड्रोइड भर्जनका अन्य स्मार्टफोन खरिद गर्न सक्नु हुन्छ । तर केही एन्ड्रोइड भर्जनका फोनहरु पनि महँगो रहेका छन् । जस्तैः ग्यालेक्सी नोट ९ । मध्यम मूल्यमा जानुहुन्छ भने सामसुङकै अन्य रेन्जका माेडल, हुवावे, ओप्पो, शाओमी लगायतका प्रडक्टहरु बजारमा छन ।
नेपालमा ३० हजार मूल्यसम्मका स्मार्टफोनहरु बढि बिक्री हुने देखिएको छ । यो रेन्जमा हुवावे, सामसुङ र ओप्पो र शाओमीका सेटहरु नै धेरैको रोजाइमा परेको पाइन्छ । अहिले ३० देखि ४० हजारको रेन्जमा केहि राम्रा स्मार्टफोनहरु बजारमा उपलब्ध छन । ५० हजार बढिको बजेट छ भने तपाइले सामसुङ, आइफोन, हुवावे र वान प्लसका फोनहरु नै हेर्दा राम्रो हुन्छ । 
अपरेटिङ सिस्टमको छनोट:
तपाईले अहिले चलेका आइओएस र एन्ड्रोइड अपरेटिङ सिस्टममध्येकै एक अपरेटिङ सिस्टम भएकाे स्मार्टफाेन छनोट गर्न सक्नुहुन्छ ।
  •  दुबै प्रयोग गर्न सजिलो र विविध एप तथा गेमहरु सपोर्ट गर्दछ ।
  • एन्ड्रोइडले तपाइलाई विभिन्न मूल्यमा विविध फोनहरु छनोट गर्ने अवसर प्रदान गर्दछ ।
  • तपाई गुगल म्याप, जीमेल, गुगल डक्सहरु प्रयोग गर्नु हन्छ भने एन्ड्रोइड तपाइको लागी सुहाउने छ । यसमा भएको गुगल असिस्टेन दिन प्रति दिन जुनसुकै समयमा पनि यसको प्रयोग वृद्धि भएको छ । यसैगरी स्थानिय एप्लिकेशन र सर्भिसेसहरु धेरै एन्ड्रोइडमा अपडेट छन । धेरैलाई एन्ड्रोइड युजर फ्रेन्ड्ली पनि लाग्छ । यसर्थ एन्ड्रोइडमा विभिन्न रेन्ज र ब्राण्डहरु उपलब्ध छन । 
  • यदि तपाई नयाँ सुविधाहरु, बग फिक्स र सेक्यूरिटी अपडेटहरु चाहनुहुन्छ भने तपाईले आइओएस रोज्नु आवश्यक हुन्छ । 
अप-टु–डेट ओएस:
तपाईले आइफोन खरीद गर्नु भएमा तपाईले यसको लेटेस्ट भर्जन प्राप्त गर्न सक्नु हुन्छ तर, कुनै एन्ड्रोइड फोनमा यस्तो विशेषता हुदैँन, भए पनि अप–टु–डेट भई रहदैँन । गुगल स्टक एन्ड्रोइड फोनहरु र अलि हाइरेन्जका एन्ड्रोइडमा तत्काल र लगातार एन्ड्रोइड अपडेट प्राप्त गर्न सकिन्छ । जस्तै पिक्सल २
स्टोरेज र र्याम 
हालको स्मार्टफोनहरु धेरै स्टोरेजमा आएका छन् । २ जिबी र्याम र १६ जीबीको स्टोरेज सामान्य भइसकेका छन् ।
३२ जीबीको भन्दा ६४ जीबी स्टोरेज भएको स्मार्टफोन राम्रो हुन्छ । स्टोरेज र र्याम अनुसार स्मार्टफोनको मूल्य निर्धारण हुने हुँदा बजेटसँग तुलना गर्नु आवश्यक हुन्छ ।
तर ४ जिबी र्याम र ६४ जिबी स्टोरेज भएका फोनहरु लिएमा केहि वर्ष ढुक्क हुनसक्नुहुन्छ । तपाई गीतहरु राख्न मिल्ने तथा माईक्रो एसडी कार्ड हाल्न मिल्ने फोन खाज्दै हुनुहुन्छ भने एन्ड्रोइड फोनहरुमा मात्र रहेको छ । एपल आइफोनमा माईक्रो एसडी कार्ड हाल्न मिल्दैन ।
ब्याट्री लाईफ:
अाफूलाई अनूकुल हुने ब्याट्री लाईफ भएको फोन रोज्नुपर्छ । ब्याट्री क्षमतामा त्यसको एमएएच मात्र हेरेर हुँदैन । स्मार्टफोनहरुको स्क्रिन साइज, रेजोल्युशन र सफ्टवेर क्षमताले पनि असर पार्दछ । तर कम्तिमा ३ हजार एमएएच व्याट्री भएका फोन लिनु उपयुक्त हुन्छ । छिटो चार्जिङ हुने नयाँ प्रविधिका फोनहरु पनि बजारमा उपलब्ध छन् । चार्जिङ र व्याकअप दुबै हेर्नुपदर्छ ।
छिटो चार्जिङ हुने फोनमा ओप्पो एफ नाइन पनि बजारमा उपलब्ध छ । वायरलेस चार्जिङ लगायतका विशेषता भएका हाइरेन्जका फोनहरु पनि बजारमा छन् । यसैगरी ठूलो ब्याट्री भनेर जुनसुकै फोन लिँदा ब्याट्रीको समस्याले पड्केका वा नोक्सान भएका उदाहरण पनि छन् । यसकारण यस्तोमा पत्रपत्रिकाक रिभ्यु, साथीभाई फिडब्याक पनि उपयुक्त हुनसक्छ । 
 
क्यामेरा:
तपाई सेल्फीहरु खिच्न रुचाउनु हुन्छ भने तपाईले राम्रो सेल्फी लिन मिल्ने स्मार्टफोनहरु छनोट गर्नुपर्ने हुन्छ । फोन खरीद गर्न जाँदा क्यामेरा टेस्ट गर्न पाउनु भएमा त्यसको क्यामेरा कतिको राम्रो छ तपाईलाई थाहा हुन्छ । त्यसैगरी तपाईले फोनको रिभिऊबाट पनि थाहा पाउन सक्नु हुन्छ ।
अहिले बजारमा क्यामेरालाई फोकस गरेर स्मार्टफोनहरु आइरहेका छन । धेरैले डिएसएलआर फिचर दिने गरि एक साइडमा ड्युल क्यामेरा फोनहरु उपलब्ध छन । हुवावे, सामसुङ, ओप्पो लगायतले क्यामेरामा नयाँ विशेषताहरु थप्दै बजारमा ल्याइरहेका छन । हुवावे पि २०, नोट ९, आइफोन एक्समा राम्रो क्वालिटीको क्यामेरा छ ।
अलि कम रेन्जमा खोज्नुहुन्छ भने सामसुङ ए ७ को नँया भर्सनमा पछाडी ३ वटा क्यामेरा छ । हुवावे नोभा ३, ओप्पो एफ ९ मा नि राम्रै क्यामेरा प्रयोग भएको छ । तर क्यामेरा सुरुमा राम्रो भएपनि ड्युरेवल नहुनसक्छ यसर्थ क्यामेरा कम्तो छ, कुन कम्पनीले बनाएको हो भन्ने कुराहरु पनि अपडेट हुनुपर्दछ । 
राम्रो स्क्रिन:
अाफूलार्इ अनुकुल हुने स्क्रिन भएको फोन छनोट गर्नु आवश्यक रहेको छ । आज भोलीका फोनहरु अगाडि स्क्रिन सिसाको र पछाडी पनि सिसा रहेको हुन्छ त्यसले सजिलैसँग फुट्न सक्छ । त्यसैले आफूललाई अनुकुल स्मार्टफोनहरु छनोट गर्नु आवश्यक छ । स्क्रिन तथा डिस्प्लेका नयाँ प्रविधिहरु जान्नु आवश्यक छ । आइपिएस एलसिटी डिस्प्ले आजभोली सामान्य हो । झर्दा नफुट्ने तथा वाटरप्रुफ डिस्प्लेहरु भएका फोनहरु पनि रोज्न सकिन्छ । 
तपाई धेरै भिडियो हेर्नु हन्छ भने तपाई ठूलो स्क्रिन भएको फोन हेर्नु हुन्छ । आइओएस रोज्नु हुन्छ भने आइफोन “एसइ” सिरिज र आइफोन प्लस सिरिजले तपाईलाई ठूलो स्क्रिन प्रदान गर्दछ । सामसुङ नोट सेरिजका फोनहरु पनि ठुलो डिस्प्लेमा रहेका छन । थोरै बजेटमा हुवावे, सामसुङ, ओप्पो, शाओमी लगायतका बजेट फोनहरु पनि उपलब्ध छन् । 
डुअल सिम:
तपाईहरु मध्ये जो एउटा सिम बिजनेशको लागी र अर्को सिम अन्यको लागी प्रयोग गर्नु हुन्छ भने दुई वटा सिम प्रयोग हुने फोन रोज्नु उपयोगी हुन्छ ।
स्मार्टफोनहरु खरीद गर्दा कतिको टिकाउ छ, धुलो र पानी प्रतिरोध सिसा प्रयोग भएको छ वा छैन आफ्नो आवश्यकता अनुसार हेर्नु पर्छ । अहिले बजारमा नयाँ नयाँ प्रविधि तथा विशेषताहरु थप्दै स्मार्टफोनहरु अब्बल देखाउने प्रयासरत छन । कतिपय चर्चा बढि भएका फोनहरु राम्रो नै हुन्छ भन्ने छैनन । यसर्थ आफ्नो आवश्यक्ता र बजेट हेरि राम्रा फिचर भएका टिकाउ स्मार्टफोनहरु रोज्नुहोस । जसले तपाईलाई पछुतो हुने छैन । 

Roshan Thpa

About Roshan Thpa -

Roshan Kumar Thapa is veteran keen tech-savvy person which has enabled him to qualify for the job. He has knowledge in wide range of IT fields. He is highly trained and skilled in Graphic design, Tally, A+ hardware and networking, AutoCAD, Web Design/Development, Application Development, Video editing, Q-Basic and had good knowledge of C, C++, C# and Java programming. He keeps a keen interest in information technology and loves to keep himself updated through news, magazines, books, and blogs. He likes to learn and share his knowledge. He also runs a blog where he posts updates about the latest advancements in technology and his own teachings as well.

Subscribe to this Blog via Email :