.

.

Thursday, February 4, 2016

Roshan Thpa

लिनक्स किन प्रयोग गर्ने?

linuxको लागि तस्बिर परिणामविश्वभर व्यापारिक, शिक्षण, सरकारी तथा अन्य संघसंस्थाहरुले आफ्नो सञ्चालन प्रणाली लिनक्समा परिवर्तन गर्ने क्रम बढिरहेको छ। त्यसतै गरी अन्य कामकाजमा प्रयोग हुने सफ्टवेयरहरु पनि खुला तथा स्वतन्त्र प्रयोग गर्न थालिएको छ। यसरी खुला तथा स्वतन्त्र सफ्टवेयर प्रयोग गर्नुको कारण के हो त? यस सम्बन्धी केहि छलफल गरौ।
१. खुला तथा स्वतन्त्र भएका कारण लिनक्स तथा अन्य सफ्टवेयरहरु सित्तैमा पाइन्छ। यी सफ्टवेयरहरुलाई ईन्टर्नेटबाट कुनै शुल्कबिना डाउनलोड गरि प्रयोग गर्न सकिन्छ। त्यस्तै यी सफ्टवेयरहरुको चाहेजति प्रतिलिपी बनाउन सकिन्छ जुन सुबिधा माइक्रोसफ्ट विन्डोज जस्ता सफ्टवेयरहरुमा छैन।
२. लिनक्सको स्रोत खुला भएका कारण यसलाई आफुले चाहेजस्तै परिवर्तन गरि चलाउन सकिन्छ।
३. लिनक्सका लागि इन्टर्नेटमा रहेका न्युजग्रुप तथा फोरुमहरुमा उच्‍चस्तरको सहयोग पाउन सकिन्छ। विश्वभर छरिएर रहेका लिनक्सका बिकासकर्ता तथा अन्य प्रयोगकर्ताहरुले लिनक्समा आइपरेका कुनै पनि समस्याहरुलाई अत्यन्त कम समयमा समाधान गरिदिन्छन्।
४. लिनक्सको बिकास भविष्यमा कुनै पनि कारणले बन्द हुने सम्भावना हुदैन। बन्द स्रोत भएका सफ्टवेयरहरुको भविष्य त्यस सफ्टवेयरको निर्माताको इच्छा वा स्वार्थमा निर्भर रहेको हुन्छ। त्यसैले त्यस्ता सफ्टवेयरको भविष्य निश्चित नहुन सक्छ। तर लिनक्स जस्ता खुला सफ्टवेयरहरुको सोर्स कोड खुला हुने गर्दा धेरै प्रयोगकर्ताहरुले प्रयोग गर्ने सफ्टवेयर पुर्णरुपमा बन्द हुने सम्भावना हुदैन।
५. लिनक्सको आन्तरिक सञ्चालन प्रक्रिया परिवर्तन हुदैन। लिनक्स युनिक्स सञ्चालन प्रणालीमा आधारित छ, जुन ३५ वर्ष भन्दा बढि प्रयोग हुदै आएको छ। लिनक्सको जतिसुकै नयाँ संस्करण आएपनि आन्तरिक सञ्चालन प्रक्रिया युनिक्समै आधारित हुने गर्छ।
६. लिनक्सको नयाँ संस्करण निकाल्दा पुरानो हार्डवेयर तथा सफ्टवेयर पनि चल्ने बनाइएको हुन्छ। त्यसैले प्रत्येक पटक नयाँ संस्करण आउँदा आफुले चलाइराखेको पुरानो हार्डवेयर वा सफ्टवेयर नचल्ने समस्या लिनक्समा हुदैन।
७. आफुले चलाइरहेको लिनक्सलाई नयाँ संस्करणमा परिवर्तन गर्न कुनै शुल्क लाग्ने गर्दैन।
८. लिनक्सलाई एक भन्दा बढी कम्प्युटरहरुमा प्रयोग गर्न लाइसेन्सको ख्याल राखिराख्नु पर्ने झन्झट हुदैन।
९. लिनक्समा भाइरसहरुको समस्या हुदैन। त्यस्तै लिनक्स अत्यन्त सुरक्षित सञ्चालन प्रणाली भएको हुँदा ह्याक हुने जस्ता सम्स्याहरु पनि अत्यन्त न्यून हुन्छ।
१०. लिनक्स crash हुने सम्भावना पनि अत्यन्त न्युन हुन्छ। त्यस्तै लिनक्सलाई हरेक पटक नयाँ सफ्टवेयर हाल्दा वा कुनै कुरा परिवर्तन गर्दा घरिघरि restart पनि गरिरहनु पर्दैन। यो सुबिधा बिशेषत: व्यापारिक संस्थालाई महत्वपुर्ण हुन सक्छ किनकी यस्ता क्षेत्रमा एक मिनेट पनि कम्प्युटर बन्द हुँदा ठुलो घाटा हुन सक्छ।
११. लिनक्सका सयौं distribution हरु हुने गर्छन्। त्यसैले प्रयोगकर्तालाई आफ्नो प्रयोग सुहाउँदो प्रणाली छान्‍न पाउने सुबिधा हुन्छ।
१२. लिनक्स तथा अन्य खुला तथा स्वतन्त्र सफ्टवेयरहरुले खुला file format हरु प्रयोग गर्ने गर्दछ जसले गर्दा कुनै फाइल खोल्नका लागि एउटै सफ्टवेयरमा बाधिएर बस्नु पर्दैन।
१३. लिनक्सलाई कुनै निश्चित हार्डवेयर अनुरुप चल्ने बनाउन सकिन्छ। यसै विशेषताका कारणले गर्दा लिनक्स मोबाइल फोनदेखि ठुला ठुला सर्भर तथा सुपर-कम्प्युटर हरु समेतमा चलाउन सकिन्छ।
१४. लिनक्स बिभिन्‍न प्रकारका कम्प्युटर तथा प्रोसेसरहरुका लागि उपलब्ध छ। लिनक्स धेरैले प्रयोग गर्ने Intel का प्रोसेसरहरु बाहेक AMD, SunSparc जस्ता बिभिन्‍न प्रोसेसरहरुमा पनि चल्ने गर्दछ।
१५. लिनक्स विशेषत: शैक्षिक क्षेत्रका लागि अति उपयुक्त हुने गर्दछ। लिनक्सको सबै स्रोत खुला हुने गर्दा बिद्यार्थीहरुले कम्प्युटरले कसरी काम गर्छ भन्‍ने कुरा राम्ररी बुझ्न सक्छन्। लिनक्स तथा अन्य खुला स्रोत भएका सफ्टवेयरहरुले आफुसंग भएका सफ्टवेयरहरु अरुलाई पनि दिन प्रेरित गर्ने गर्छन्, जुन सन्देशले बिद्यार्थीहरुलाई सामाजिक हुन सिकाउँदछ। यसको विपरीत व्यापारिक सफ्टवेयरहरुको लाइसेन्समा उक्त सफ्टवेयरको प्रतिलिपी बनाइएमा वा अरुलाई दिइएमा कानुनी कारबाही हुने बताइएको हुन्छ, जुन बिद्यार्थीहरुला लागि पक्कै पनि राम्रो सन्देश हैन।
१६. लिनक्स तथा यसमा प्रयोग हुने खुला स्रोत भएका सफ्टवेयरहरु सरकारी कामकाजका लागि पनि उपयुक्त हुने गर्दछ। सरकारी कामकाजमा सुचना सम्पादन तथा भण्डारण सम्बन्धी बढी कार्यहरु हुने गर्दछन् र यस काममा पारदर्शिताको ठुलो महत्व रहने गर्छ। लिनक्स तथा खुला स्रोत सफ्टवेयरले फाइलहरु भण्डारण गर्न अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्‍त प्रणालीहरु प्रयोग गर्ने हुँदा सम्पुर्ण प्रक्रिया पारर्दर्शी हुने गर्छ।
१७. खुला बिकास प्रणाली तथा उपलब्धताका कारण लिनक्स तथा खुला सफ्टवेयरहरुमा नैतिक पक्षहरुलाई ठुलो महत्व दिइएको हुन्छ।
१८. स्रोत खुला हुने कारणले लिनक्स तथा खुला स्रोत सफ्टवेयरले आन्तरिक रुपमा कुनै गलन तरिकाले काम गरिरहेको त छैन भनेर शंका गरिरहनु पर्दैन।
१९. लिनक्स तथा खुला स्रोत सफ्टवेयरको बिकास गति व्यवसायिक सफ्टवेयरको तुलनामा निकै छिटो हुने गर्दछ, जसले गर्दा सफ्टवेयरहरुको गुणस्तरमा निकै छिटो सुधार आउने गर्दछ।
२०. लिनक्स तथा खुला स्रोत सफ्टवेयर प्रयोग गर्दा खर्चमा पनि व्यापक कटौति आउने गर्दछ।
-nepaliarticles.com

Roshan Thpa

About Roshan Thpa -

Roshan Kumar Thapa is veteran keen tech-savvy person which has enabled him to qualify for the job. He has knowledge in wide range of IT fields. He is highly trained and skilled in Graphic design, Tally, A+ hardware and networking, AutoCAD, Web Design/Development, Application Development, Video editing, Q-Basic and had good knowledge of C, C++, C# and Java programming. He keeps a keen interest in information technology and loves to keep himself updated through news, magazines, books, and blogs. He likes to learn and share his knowledge. He also runs a blog where he posts updates about the latest advancements in technology and his own teachings as well.

Subscribe to this Blog via Email :