.

.

Thursday, May 26, 2016

Roshan Thpa

स्मार्टफोन पानीमा खस्दा पाँच उपाय अपनाउनुपर्छ

पानीमा खसेको स्मार्टफोनलाई झिक्न मिलेसम्म तत्कालै झिकेपछि त्यसमा पसेको पानी फ्याँकेर पुनः चल्ने बनाउनका लागि हडबडाउँदै झट्कारेर खोतलखातल पार्ने लगायतका सकेजतिका हरेक काम गर्नुभएकै छ होला । तर असावधानीवस यसो गर्दा स्मार्टफोन पूरानै सद्दे अवस्थामा फर्किने होइन, झनै कामै नलाग्ने गरी बिगि्रन सक्छ । स्मार्टफोन पानीमा खस्यो भने यी पाँच उपाय अपनाउनुपर्छ

 स्विच अफ गर्नुहोस्- गोजीमा राखेको वा हातमै चलाउँदा चलाउँदैको स्मार्टफोन पानीमा खस्दा त्यो खुल्लै हुने नै भयो । त्यसैले पानीबाट निकाल्ने बित्तिकै स्मार्टफोनको स्विच अफ गर्नुपर्छ । स्विच अफ गरेपछि स्मार्टफोनको भित्री सर्किट सट हुने डर हुँदैन, करेन्ट सट सर्किट भएर महत्वपूर्ण भित्री भाग नष्ट हुनबाट जोगिन्छ ।

· सबै चिज हटाउनुहोस्- फेान स्विचअफ गरेपछि त्यसका हरेक चिज हटाउनुपर्छ । ब्याट्री, सिमकार्ड, मेमोरी कार्ड, फोनको कभर तथा एयरफोन भएमा पनि त्यसलाई विस्तारै झिक्नुपर्छ । त्यसरी बाहिर झिकेको वस्तुहरुलाई कपडाले पुछेर पानी हटाई ओभानु बनाउनुपर्छ ।

· झट्कार्नुहोस्- स्मार्टफोनको हेडफोनको ज्याक छिराउने प्वाल, चार्जिङ पोर्ट तथा थिच्ने बटन भित्र रहेको पानी बाहिर निकाल्नका लागि स्मार्टफोनलाई विस्तारै झट्कार्नुपर्छ । त्यसपछि स्मार्टफोनलाई सुख्खा कपडाले पुछ्नुपर्छ । ट्वाइलेट पेपर तथा नेपकिनले राम्रोसँग पुछेर बाहिरी भागमा रहेको पानी पूरै हटाउन सकिन्छ ।

· चामलमा पुर्नुहोस्- यो सबैभन्दा चलन चल्तीको विधि हो । हावा नछिर्नेगरी बिर्को लगाउन मिल्ने एउटा बट्टामा चामल भरेर उक्त चामलभित्र आफ्नो स्मार्टफोन घुसाएर राख्नुहोस् । अनि बिर्को लगाएर उक्त बट्टालाई सुख्खा ठाउँमा राख्नुहोस् । कम्तिमा २४ देखि ४८ घण्टासम्म फोनलाई यसरी चामलभित्र रहन दिनुपर्छ । बीचबीचमा निकाल्ने गर्नुहुँदैन । ४८ घण्टासम्म चामलभित्र राखेपछि स्मार्टफोन बाहिर निकाल्नुहोस् । त्यसपछि ब्याट्री लगायतका पाटपुर्जा राखेर स्विच अन गर्नुहोस् । यदि पानीका कारण भित्री पाटपुर्जामा गम्भीर क्षति पुगेको रहेनछ भने स्मार्टफोनले काम गर्न थाल्नेछ ।

· यदि यसो गर्दापनि फोनले काम गरेन भने त्यसलाई आफै खोलखाल पार्नु हुँदैन, सिधै स्मार्टफोन मर्मत गर्ने आधिकारिक ठाउँमा लग्नुपर्छ । यद्यपि पानीले भिजेर बिगि्रएको स्मार्टफोनमा धेरै ब्राण्डहरुले वारेन्टी भने दिएका हुँदैनन् । तर कुन पाटपुर्जा बिगि्रएको छ भन्ने कुरा पत्ता लगाएपछि स्मार्टफोनको वास्तविक मूल्य र मर्मत खर्चबीच तुलना गरी मर्मत गर्ने वा नगर्ने कुराको निर्णय गर्ने जिम्मा तपाइँको |

Roshan Thpa

About Roshan Thpa -

Roshan Kumar Thapa is veteran keen tech-savvy person which has enabled him to qualify for the job. He has knowledge in wide range of IT fields. He is highly trained and skilled in Graphic design, Tally, A+ hardware and networking, AutoCAD, Web Design/Development, Application Development, Video editing, Q-Basic and had good knowledge of C, C++, C# and Java programming. He keeps a keen interest in information technology and loves to keep himself updated through news, magazines, books, and blogs. He likes to learn and share his knowledge. He also runs a blog where he posts updates about the latest advancements in technology and his own teachings as well.

Subscribe to this Blog via Email :