.

.

Thursday, November 1, 2018

Roshan Thpa

उत्कृष्ट फोटोग्राफीको लागि यी एप्सहरुको मद्दत लिनुहोस र पाउनुहोस् डिएसएलआर जस्तै क्वालिटी

यदि  तपाइलाई फोटोग्राफी मन पर्छ अथवा तपाइ आफ्नो समय फोटोग्राफीमा बिताउन चहानुहुन्छ भने,तपाईलाई यो खबर पक्कै पनि काम लाग्न सक्छ । धेरैलाई डिएसएलआर क्यामेराबाट खिचिएको फोटो मन पर्छ । डिएसएलआर क्यामेराबाट खिचिएको फोटोको क्वालिटी शानदार हुन्छ ।
तर सबै सँग डिएसएलआर नहुन पनि सक्छ, यहि कारण धेरै मानिसहरुले आफ्नो स्मार्टफोनबाट फोटोग्राफी गर्न रुचाउँदैनन् । तर जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ हामीले उत्कृष्ट फोटोग्राफीको लागि गूगल प्ले स्टोरबाट विभिन्न एप्सहरुको मद्दत लिएर डिएसएलआर क्यामेराको जस्तै क्वालिटी भएको फोटो लिन सक्छौं । उक्त एप्स र एप्सका फिचरहरुको बारेमा तल चर्चा गरिएको छ ।

Adobe Photoshop Lightroom CC: 
मोबाइलबाट उत्कृष्ट फोटोग्राफीको लागि यो एडब फोटोसप लाइटरुम सिसिको मद्दत लिन सकिन्छ । यो एपलाई प्ले स्टोरमा १ करोड प्रयोगकर्ताहरुले डाउनलोड गरेका छन् भने यसलाई प्ले स्टोर ४.३ स्टार पाएको च भने १ लाख भन्दा धेरैको  रेटिङ प्राप्त भएको छ । यसको साइज ५७ एमबी छ । यसकारण यसलाई वाई-फाई नेटवर्कमा डाउनलोड गर्न उपयुक्त हुन्छ ।
यसमा धेरै शानदार फिचर्स दिइएको छ । यो एपको मद्दतले  फोटोको लाइट आफ्नो इच्छा अनुसार  सेट गर्न सकिन्छ । यसबाहेक फग क्लियर तथा रियल कलर सम्मको फिचर्स यो एपमा समाबेश छ ।
VSCO: 
यो एपबाट पनि उत्कृष्ट फोटोग्राफी गर्न सकिन्छ । यसको मद्दतमा फोटोहरुको क्वालिटी डिएसएलआर बाट लिएको फोटो जस्तै बनाउन सकिन्छ । गूगल प्ले स्टोरमा यसलाई डाउनलोड गर्नेहरुको संख्या ५ करोड रहेको छ । यो एपलाई ४.४ स्टार प्राप्त भएको छ, भने ६ लाख भन्दा धेरै प्रयोगकर्ताहरुले रेटीङ गरेका छन् । यो एपको साइज ४९ जीबी छ ।
यो एपले फोटो क्वालिटी बढाउँछ , एपमा एडीटीङ र अन्य धेरै स्पेशल इफेक्ट्सदिइएको छ । यसको साथमा सोशल मिडिया शेयारिङ अप्सन पनि दिइएको छ ।यदि तपाईलाई फोटोग्राफीको सौख छ भने तपाईलाई अवश्य पनि यो उपयोगी हुन् सक्छ ।
Camera Zoom FX: 
क्यामेरा जुम एफएक्सलाई गुगल प्ले स्टोरमा ५० लाख युजर्सले डाउनलोड गरेका छन् । यो एपले प्लेस्टोरमा ४.० स्टार प्राप्त गरेको छ । यसका साथै ८८ हजार भन्दा धेरैले रेटीङ दिएका छन् । यो एपको साइज ५ एमबी छ ।
यो क्यामेरा जुम एफएक्स एपमा फिचर्सको बारेमा कुरा गर्दा  डीप जुम,स्लाइडर शट,एचडी कोलेज जस्ता फिचर्स समाबेश छन् ।यसको सहयोगले एकदमै राम्रा तस्बिरहरु लिन सकिन्छ । फोटोको क्वालिटीमा कुनै पनि सम्झौता गर्न पर्दैन् ।
Camera Connect & Control: 
यदि तपाई फोटोग्राफीको सौखिन हुनुहुन्छ र आफ्नो स्मार्टफोनबाट उत्कृष्ट फोटो तयार गर्न चाहनुहुन्छ भने तपाइले यो एप्स डाउनलोड गर्न सक्नहुन्छ । यो एपलाई १  हजार यूजर्सले डाउनलोड गरेका छन् । यसलाई ३.९ स्टार प्राप्त भएको छ । साथै एकहजार भन्दा धेरैले रेटीङ समेत दिएका छन् । एपको साइज ६.४ एमबी छ ।
यसले तपाइको स्मार्टफोनको  क्यामेरालाई कन्ट्रोल गर्छ । यसकारण  यो एपको प्रयोग गरेर आफ्नो क्यामेराबाट राम्रो क्वालिटिको फोटो लिन सकिन्छ ।

Roshan Thpa

About Roshan Thpa -

Roshan Kumar Thapa is veteran keen tech-savvy person which has enabled him to qualify for the job. He has knowledge in wide range of IT fields. He is highly trained and skilled in Graphic design, Tally, A+ hardware and networking, AutoCAD, Web Design/Development, Application Development, Video editing, Q-Basic and had good knowledge of C, C++, C# and Java programming. He keeps a keen interest in information technology and loves to keep himself updated through news, magazines, books, and blogs. He likes to learn and share his knowledge. He also runs a blog where he posts updates about the latest advancements in technology and his own teachings as well.

Subscribe to this Blog via Email :