.

.

Monday, November 12, 2018

Roshan Thpa

यसो गर्दा नेपालीमा बोलेका कुरा कम्प्युटरले टाइप गर्छ, पैसा नपर्ने र नयाँ सफ्टवेयर राख्न नपर्ने तरिका

अब फेसबुकमा स्टाटस लेख्न पनि टाइप गरिरहन पर्दैन । बोल्यो, कम्प्युटरले टाइप गर्दिन्छ । कपि गर्यो अनि फेसबुकमा पेस्ट गर्यो ।
कुनै समय थियो जुन बेला टाइप गर्न जानेको छु भन्दा गौरवको कुरा हुन्थ्यो, तिनलाई कम्प्युटरका जानकार मानिन्थ्यो । र, टाइप मज्जाले गर्न सक्नेहरु व्यवसायिकरुपमा पनि सफल हुन सक्थे । जमाना फेरियो तर पनि टाइपिङको दुख भने उस्तै छ ।

मैले टाइप गर्न जानेको छु या मज्जाले टाइप गर्न सक्छु भन्नु कम्प्युटरको जानकार हो भन्ने कुराको संकेत होइन तर प्रोग्रामिङ वा अन्य लेखन सम्बन्धी कुराहरु सिक्न टाइपिङको महत्वपुर्ण भुमिका हुन्छ । ढिलो टाइप गर्नु समयको नाश मात्रै होइन कि अन्य धेरै कुरा सिक्न अफ्ठ्यारो पार्नु पनि हो ।

अझ नेपाली टाइप गर्नु वा सिक्नु भनेको त टाइपिङको पहाड चढ्नु बराबर हो भन्दा पनि हुन्छ । किवोर्ड मै नभएका अक्षर वा संकेतहरु सम्झदै टाइप गर्नु चानचुने कुरा होइन । भलै, टाइप गर्दै जाँदा बिस्तारै हाम्रा औँलाहरुले नै कुन अक्षर वा संकेत कहाँ छ भन्ने थाहा पाउँछन् र टाइपिङ सजिलो बन्छ तर पनि समय भने लिन्छ नै । अँ, हाम्रो औँलाहरुले नै स्वत: कुन अक्षर वा संकेत के कहाँ छ भनेर टाइप गर्न सक्ने अवस्थालाई नै मांसपेशीको स्मरण वा Muscle Memory भन्छन् सायद ।
अब यो टाइप गर्नु भन्ने कुरा त्यति गाह्रो पनि नहुने भयो । यहाँ म तपाईहरुलाई त्यस्तै जानकारी दिन गइरहेको छु जसमा तपाईले टाइप नगरी बोलेर कम्प्युटरलाई टाइप गराउँन सक्नु हुनेछ । सबै भन्दा राम्रो कुरा के छ भने यसका लागि कुनै थप पैसा तिर्न पर्दैन र अरु कुनै नयाँ सफ्टवेयर पनि थप्न पर्दैन । तपाईसँग केवल गुगल क्रोम भएको कम्प्युटर र इन्टरनेट मात्रै हुन पर्छ ।

भ्वाइस डिक्टेसन (Voice Dictation) को कमाल

बोलेका कुराहरुलाई भ्वाइस डिक्टेसनको सहयोगमा सजिलै अक्षरमा रुपान्तरण गर्न सकिन्छ । भन्नुहोला, अंग्रेजी, स्पेनिश वा हिन्दी जस्ता धेरै संख्यामा बोलिने भाषाहरु मात्रै यसले काम गर्छ तर होइन । नेपालीमा पनि यसले गजबको काम गर्छ । नेपाली भाषा बाहेक अन्य कुन कुन भाषामा यो भ्वाइस डिक्टेसनले काम गर्छ भन्ने थाहा पाउँन यहाँ क्लिक गर्नुहोस् (लिंक नयाँ ट्याबमा खुल्नेछ) ।


यसमा चिन्ह तथा स्माइलीहरु पनि राख्न सकिन्छ तर ति सबै आदेशहरु भने सबै भाषामा आइसकेका नहुन सक्छन् । जस्तै: नयाँ हरफ सुरु गर्नु पर्ने हुँदा नेपाली भाषा प्रयोग गर्दै गरेकाहरुले पनि न्यू लाइन (New Line) भन्नु पर्ने हुन्छ ।

भ्वाइस डिक्टेसन (Voice Dictation) कसरी प्रयोग गर्ने ?

भ्वाइस डिक्टेसन इन्टरनेटमा आधारित भएर चल्ने भए पनि यसले तपाईले भन्नु भएको डाटा भने इन्टरनेटमा पठाउँदैन जसले गर्दा यसले निकै चाँडो बोलीलाई अक्षरमा रुपान्तरण गर्न सक्छ । सुनसान वा बाहिरी हल्ला नभएको स्थानमा नियमित बोली भन्दा केहि ढिलो बोल्ने हो भने यसले निकै राम्रो परिणाम देखाउँछ ।

भ्वाइस डिक्टेसन प्रयोग गर्ने तरिका

१. सबै भन्दा पहिले गुगल क्रोममा dictation.io खोल्नुहोस् । अहिलेका लागि यहाँ क्लिक गरे पनि हुन्छ ।
२. दाहिने तर्फको ड्रप डाउन मेनुमा बोलेर टाइप गर्ने भाषा छान्नुहोस् । याद गर्नुहोला, जुन भाषा बोल्ने हो, सोही भाषा छानिएको हुन पर्छ ।
३. त्यस पछि माइक्रोफोनको सानो फोटो रहेको ठाउँमा वा Start लेखेको ठाउँमा क्लिक गर्नुहोस् । याद गर्नुहोला, पहिलो पटक प्रयोग गर्दा भने यो सफ्टवेयरले माइक्रोफोन चलाउँनका लागि अनुमति माग्न सक्छ । कृपया! Allow गर्नुहोस् ।
४. त्यस पछि बोल्न थाल्नुहोस्, यसले टाइप गर्न सुरु गर्छ ।
५. टाइपिङ बन्द गर्नु परेका Stop बटनमा क्लिक गर्दा पनि हुन्छ वा Go to Sleep भन्दा पनि आफै बन्द हुन्छ ।
भ्वाइस डिक्टेसनबाट गर्न सकिने थप कामहरु
बोलेका कुराहरुलाई टाइप गर्ने बाहेक अन्य कुराहरु पनि तपाईले भ्वाइस डिक्टेसनबाट गर्न सक्नु हुन्छ ।
यसमा तपाईले बोलेर टाइप गराएका कुराहरुलाई कपि गर्ने तथा सोझै इन्टरनेटमा राख्ने सुविधा पनि उपलब्ध छ । त्यस्तै, कुनै नेताका भाषणहरु वा त्यस्तै अन्य बोलेका अडियोलाई मोबाइलमा बजाएर यसमा टाइपिङ पनि गराउँन सक्नु हुनेछ ।

Roshan Thpa

About Roshan Thpa -

Roshan Kumar Thapa is veteran keen tech-savvy person which has enabled him to qualify for the job. He has knowledge in wide range of IT fields. He is highly trained and skilled in Graphic design, Tally, A+ hardware and networking, AutoCAD, Web Design/Development, Application Development, Video editing, Q-Basic and had good knowledge of C, C++, C# and Java programming. He keeps a keen interest in information technology and loves to keep himself updated through news, magazines, books, and blogs. He likes to learn and share his knowledge. He also runs a blog where he posts updates about the latest advancements in technology and his own teachings as well.

Subscribe to this Blog via Email :