.

.

Tuesday, December 4, 2018

Roshan Thpa

एन्टिभाइरस खरिद गर्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनुहोस

१. माल्वेरको पहिचान 
सबैभन्दा खतरनाक माल्वेरहरुमा भाइरस र वार्म हरु पर्दछन् । यसैगरी, लुकेर बस्ने माल्वेरहरुमा रुटकिट र टोर्जन हर्सेसहरु रहेका छन् । यिनीहरुले लुकेर बस्नेभएकाले कम्प्युटर युजरले पत्ता लगाउन नसक्ने किसिमका हुन्छन् ।
दिनहूँ नयाँ नयाँ भाइरसहरुको आइरहने हुनाले एउटा राम्रो एन्टिभाइरले समेत यस्ता माल्वेर पत्ता लगाउन असक्षम पनि हुन सक्न । यसर्थ राम्रो माल्वेर पहिचान गर्न सक्ने एन्टिभाइरस खरिद गर्नुपर्दछ ।
विटडिफेन्डर, कास्पस्र्काई, बुलगार्ड, नोर्टोन, म्याकएफी, अभिरा, पान्डा, इ–स्क्यान, अभास्ट, एभिजे, नोड३२, क्विकहिल लगायतका एन्टिभाइरसहरु माल्वेर डिटेक्सनकालागि अग्रपंक्तिमा रहेका छन् । 

२. कम्प्याटिबिलिटी तथा पर्फर्मेन्स
तपाईको कम्प्युटरको हार्डवेर कन्फिगरेशनले पनि कस्तो एन्टिभाइरस छान्ने भन्ने कुराको निर्धारण गर्दछ । यदि तपाईको कम्प्युटर पुरानो हो र र्याम मेमोरी २ जिबीभन्दा कम छ भने कम र्याम मेमोरीमा पनि चल्ने एन्टिभाइरस छान्नुस् । यस्तो अवस्थामा गलत एन्टिभाइरसको छनोटले कम्प्युटरको पर्फर्मेन्सलाई ढिलो बनाउद छ । 

३. सेक्युरिटी फिचरहरु
एन्टिभाइरस सफ्टवेरमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको सेक्युरिटी फिचरहरु नै हुन् । एन्टिभाइरसका समान्य र सबैले उपलब्ध गराउने फिचरहरुमा सेड्यल्ड स्क्यान, एन्टी स्पाइवेर टुल्स, इमेल सेक्युरिटी, युएसबी स्क्यानर रहेका छन् । तपाईले खरिद गर्नुअघि निम्म सेक्युरिटी फिचरहरुमा ध्यान दिनुस् ः
३.१ थ्रेट डिटेक्सन फिचर
थ्रेट डिटेक्सन फिचरअन्तरगत एन्टिमाल्वेर, एन्टिभाइरस, एन्टिटोर्जन, एन्टिस्पाईवेर, एन्टिवोर्म र एन्टिरुटकिट जस्ता रहेका छन् । 
३.२ इमेल र आइएम प्रेटेक्सन फिचर
यस फिचरअन्र्तरगत एन्टिफिसिङ, इमेल स्क्यान्स र इन्स्ट्यान्ट मेसेजिङ प्रोटेक्सन । 
३.३ अन्य विशेष फिचरहरु 
बुटेबल रेस्क्यु सिडी, अटो क्लिन इन्फेक्टेड फाइल्स, स्क्यान कम्प्रेस्ड फाइल्स, इन्फेक्टेड फाइल क्वारान्टाइन, रजिस्ट्री स्टार्टअप प्रोटेक्शन, सेल्फ डिफेन्स, वेबसाइट ब्लकिङ, प्यारेन्ट कन्ट्रोल, आदि । 
४. मल्टिप्लाटपर्म तथा मल्टिप्लाटफर्म लाइसेन्स
यदि तपाई धेरै कम्प्युटर तथा स्मार्टफने चलाउनुहुन्छ र एन्टिभाइरस सफ्वेर खोजिरहनु भएको छ भने एउटै रकमबाट विन्डोज, ओए एक्स तथा एन्ड्रोइड डिभाइस चल्ने टोटल एन्टिभाइरस सोलुशन लिन सक्नुहुनेछ । 

५. सपोर्ट
एन्टिभाइरस गर्नु अघि ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण पक्षहरुमध्ये सपोर्ट वा सहयोग पनि हो । तपाईले एन्टिभाइरस प्रयोग गरिरहदा कथमकदाचित केही समस्या आइपेरमा एन्टिभाइरस कम्पनीबाट के कस्तो सहयोग पाइन्छ भन्ने कुरालाई पनि ध्यान दिनुपर्दछ ।
यस्तोमा कम्पनीबाट पाइने भिडियो ट्युटोरिअल सपोर्ट, टेक्निकल सपोर्ट, इमेल सपोर्ट, च्याट सपोर्र्ट, फोन कल सपोर्टलगायत पर्दछन् । 
नेपालमा धेरै कम्पनीहरुले भोल्युम लाइसनिङ इस्यु तथा मल्टिपल डिभाइस लाइसेन्स (विन्डोज, म्याक तथा एन्ड्रोइडजस्ता मोबाइल प्लाटफर्म सपोर्टगर्ने) को रुपमा एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी उपलब्ध गराउँदछन् ।
यस्ता कम्पनीहरुले होम युजर तथा बिजनेसलाई लक्ष्ति गरी एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी बजारमा उपलब्ध गराएका छन् ।

Roshan Thpa

About Roshan Thpa -

Roshan Kumar Thapa is veteran keen tech-savvy person which has enabled him to qualify for the job. He has knowledge in wide range of IT fields. He is highly trained and skilled in Graphic design, Tally, A+ hardware and networking, AutoCAD, Web Design/Development, Application Development, Video editing, Q-Basic and had good knowledge of C, C++, C# and Java programming. He keeps a keen interest in information technology and loves to keep himself updated through news, magazines, books, and blogs. He likes to learn and share his knowledge. He also runs a blog where he posts updates about the latest advancements in technology and his own teachings as well.

Subscribe to this Blog via Email :