.

.

Tuesday, December 4, 2018

Roshan Thpa

गुगलले हामीले सर्च गरेका हरेक कुरा कसरि पत्ता लगाउँछ,थाह पाउनुहोस्

जब हामीले गुगल सर्चमा गएर केहि टाइप गर्छौ,तब गूगलले हाम्रो मनको कुरा सजिलै पत्ता लगाउँछ । प्राय: हामीले देख्छौँ कि जब हामि केहि कुराहरु सर्च गर्नको लागि टाइप गर्छौ, गूगलले ती कुराहरुको बारेमा सुझाब देखाउँछ ।जसले गर्दा हाम्रो समय बचत हुन्छ र हामीलाई सर्च गर्न पनि सहज हुन्छ ।
 तर यो पुरै प्रक्रियामा गुगलले कसरि काम गर्छ,तपाइलाई शायदै थाह होला । यदि थाह छैन भने हामि तपाईलाई बताउन गइरहेका छौं । ताकि यसपछि तपाइले गूगलमा केहि टाइप गर्नु भयो र त्यसले सर्चको विकल्प दियो भने तपाइलाई यसको कारण थाह होस् ।  

गूगल कुनै पनि सर्च रिजल्टलाई मात्रै ०.०३ सेकेन्डमा पुरा गर्छ । गूगलले गलत र तपाइको काम नआउने शब्दहरुलाई हटाउँछ ।
भर्खरै अनुभवी सर्च कम्पनि गूगलले एउटा ब्लग पोस्टमा बताएको छ कि 'अटो कम्प्लिट प्रेडिक्सन'ले कसरि काम गर्छ ।उक्त पोस्टमा यो पनि बताइएको छ,कि कुन मापदण्डको आधारमा गूगल ती शब्दहरुलाई हटाउँछ,जुन शब्दहरु तपाइको काम आउँदैनन् ।
'अटो कम्प्लिट प्रेडिक्सन'को बारेमा बताउनु भन्दा अघि गूगल सर्चको सल्लाहकार डेनी सुल्लीभनले बताए कि यो बुझन जरुरि छ कि जब तपाइ सर्च गर्नुहुन्छ तब युजरले के सर्च गर्न गर्न चाहन्छ भन्ने कुराको गूगलले अनुमान लगाउँछ । तर गूगलले तपाइले खोज्न चाहानु भएको शब्दहरु आँँफै सर्च गरेर निकाल्छ भन्ने होइन,किनकि   
गूगल सर्चका सल्लाहकारका अनुसार गूगलले प्लाटफर्ममा सम्बन्धित शब्दसँग जोडिएका रियल सर्च तथा ट्रेण्डमा रहेका शब्दहरुलाई सुझाबको रुपमा देखाउँछ । यसमा गुगलमा गरिएको सर्चको स्थान,यसअघि गरिएको सर्चमा पनि निर्भर रहन्छ ।
उदाहरणको लागि यदि तपाइले 'Penns' टाइप गर्नुभयो भने,गूगलको एल्गोरिद्म तपाईको सम्बन्धित सर्चमा 'Pennsylvania' देखाउँछ । यसका साथै अन्य शब्दहरु टाइप गर्नुभयो  भने गूगलको एल्गोरिद्मले अरुनै शब्दहरु प्रेडिक्सन गरेर देखाउँछ ।
गूगल ती शब्दहरुलाई प्रेडिक्सन गर्दैन्,जुन शब्दहरुमा हिंसा,घृणा तथा कामुक शब्दहरुको प्रयोग हुन्छ । पिसीमा तपाइले सर्च बारमा १० प्रेडिक्सन र मोबाइलमा  ५ प्रेडिक्सन देख्न सक्नु हुन्छ

Roshan Thpa

About Roshan Thpa -

Roshan Kumar Thapa is veteran keen tech-savvy person which has enabled him to qualify for the job. He has knowledge in wide range of IT fields. He is highly trained and skilled in Graphic design, Tally, A+ hardware and networking, AutoCAD, Web Design/Development, Application Development, Video editing, Q-Basic and had good knowledge of C, C++, C# and Java programming. He keeps a keen interest in information technology and loves to keep himself updated through news, magazines, books, and blogs. He likes to learn and share his knowledge. He also runs a blog where he posts updates about the latest advancements in technology and his own teachings as well.

Subscribe to this Blog via Email :