- पासवर्ड राख्दा कम्तीमा पनि ८ या सो भन्दा बढी क्यारेक्टरको प्रयोग गर्नुहोस् ।
- पासवर्डमा ठूला तथा साना अक्षरहरुको मिश्रण गर्नुहोस् ।
- कम्तीमा एउटा नम्बरको प्रयोग गर्नुहोस् ।
- कम्तीमा एउटा स्पेशल अक्षरको प्रयोग गर्नुहोस् ।
- पासवर्ड बनाउ“दा कुनैपनि अर्थ नलाग्ने शब्दको मिश्रण (जार्गन) बनाउनुहोस् । जस्तो उदाहरणको लागि ओ को ठाउ“मा जिरो, एस को ठाउ“मा डलरको चिन्ह आदि आदि ।
- कुनैपनि डिक्सनेरीमा पाईने शब्दहरुको प्रयोग नगर्नुहोस् ।
- कुनैपनि व्यक्तिगत विवरणहरुको प्रयोग भुलेर पनि नगर्नुहोस् जस्तो आफ्नो नाम, थर, परिवारका सदस्यहरुको नाम, जन्ममिति, मोबाईल नम्बर, ल्याण्डलाईन नम्बर, गाडिको नम्बर आदि ।
- किबोर्डमा पाईने अक्षरका लाईनहरु
- सजिलै संग गेस गर्न सकिने निम्नानुसारका पासवर्डहरु
- अंग्रजी शब्द पासवर्ड
- १ देखि ६ सम्मका अंकहरु
- ६ देखि १ सम्मका अंकहरु
- एबिसि१२३
- आफ्नो शहरको नाम
- आफ्नो कम्पनीको नाम आदि ।
- कुनैपनि कारण अरु कसैस“ग (साथिभाई, परिवारका सदस्य, प्रियजन, कुनैपनि कम्पनी तथा वेबसाईट आदि ) आफ्नो पासवर्ड सेयर नगर्नुहोस् ।
- समय समयमा नियमित रुपले आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ।
- पासवर्डलाई विर्सन्छ कि भनेर कदापि कुनैपनि असुरक्षित ठाउ“मा लेखेर नराख्नुहोस् । प्रायःजसो तपाईं हामि कुनैपनि बैंकको सेक्युरिटी कोड होस या पासवर्ड, आफ्नो डायरी, पर्स, मोबाईल आदिमा लेखेर राख्ने गर्दछौं । यो बानीलाई आजै देखि त्याग्नुहोस् । यदि तपाईंको विर्सने बानी छ र धेरै पासवर्डहरु छन भने त्यसको लागि आफुले मात्र बुझ्ने भाषामा आफ्नै कोड बनाएर लेखेर राख्न सक्नुहुन्छ ।
- कम्प्युटरमा काम गर्दा होस् या कुनैपनि वेबसाईटमा, कुनैपनि हालतमा अटोमेटिक लगअन, सेभ माई पासवर्ड, रिमेम्बर माई पासवर्ड भन्ने अप्सनमा टिक नलगाउनुहोस् । प्रायः मानिसको आदत के हुन्छ भने आ कम्प्युटरमा सेभ गरेर राखिदियो झन्झटै साफ । त्यस्तो काम कदापि नगर्नुहोस् ।
- हाम्रो बानी के छ भने पासवर्ड विर्सन सकिन्छ कि भनेर जे मा पनि एउटै पासवर्ड प्रयोग गर्ने । याहुमा पनि तेहि, हटमेलमा पनि तेहि, युट्युबमा पनि तेहि, जे जे मा पासवर्ड राख्नुपर्ने अवश्था आउ“छ सबैमा एउटै । यदि कथमकदाचित कसैले पासवर्ड थाहा पायो भने के हालत हुन्छ होला ?
- कम्प्युटर या कुनैपनि वेबसाईटमा काम गरी सकेपछि साईन आउट या लग आउट गर्न नविर्सनुहोस् ।
- ईमेल मार्फत आएका अनुरोधमा कदापि आफ्नो पासवर्ड र व्यक्तिगत सूचनाहरु नदिनुहोला ।