.

.

Monday, November 12, 2018

Roshan Thpa

दह्रो पासवर्ड बनाउँन यसो गर्नुस्


पहिले आफ्नो बानी लेखेर अरु कुरा सुरु गर्छु । बानी हो पासवर्डको । इन्टरनेटमा क्रेडिट कार्डको डिटेल र मोबाइल नम्बर नचाहिने वेबसाइटहरुमा सकभर साइन अप गरेर आफ्नो एकाउन्टबाट ति वेबसाइटहरु चलाउँने बानी छ मेरो । यसैले अनगिन्ती वेबसाइटमा अनगिन्ती पासवर्डहरु छन् मेरा । हुन त प्राय एउटै कम्प्युटरबाट उहि ब्राउजर चलाइने हुनाले पासवर्डहरु स्वत: सेभ गर्ने गर्छु । यसैले उहि कम्प्युटर रहुञ्जेल त खासै पासवर्ड सम्झिरहनु पर्ने समस्या रहदैन । तर कम्प्युटर फेर्दा वा मोबाइल वा आइप्याडबाट त्यही साइट चलाउँनु परेमा ? पासवर्ड त चाहियो नै ।

अनगिन्ती वेबसाइटमा अनगिन्ती पासवर्डहरु सम्झिन असम्भव प्राय हुन्छ । यसैले मैले आफ्नो सजिलोको लागि पासवर्डको केहि क्रम वा निश्चित बनोट बनाएको छु ।

के दुख गरेको होला ? एउटै पासवर्ड राखिदिए त भइगयो नि !

अँ, सुरु सुरुमा मैले यसो पनि गरे । वेबसाइटहरु शंकास्पद लागेमा अझ पनि यसो गर्छु । तर यो सुरक्षित बिधि हुँदै होइन । तपाईको पासवर्ड अरुले थाहा पाएर प्रयोग गर्यो भने सम्पतिको नाश हुन सक्ने मात्रै होइन, इज्जत, मान प्रतिष्ठामै आँच आउँन सक्छ । मैले गरेको होइन, ह्याक भयो भनेर रोइकराइ गर्नेहरुको संख्या बढ्दो छ । असुरक्षित रुपमा इन्टरनेट चलाउँदा त्यसरी रोइकराइ गर्नेको सूचिमा तपाई पनि पर्न सक्नु हुन्छ । अझ गोप्य संवाद, फोटो, भिडियो तथा कागजातहरु बाहिरियो भने त्यसले पार्न सक्ने नकारात्मक प्रभाव धेरै ठुलो र दिर्घकालिन हुन सक्छ ।
उसो त पासवर्ड दह्रो राख्दैमा सबै कुराबाट बचियो भन्ने हुने होइन । असंख्य त्यस्ता कुराहरु छन् जसले इन्टरनेट सँधै भयसहित हुन्छ । तर कम्तिमा एउटा पक्ष दह्रो पारियो भने सुरक्षाको माप त बढ्छ नै । सबैतिर एउटै पासवर्ड राख्दा कसैले एउटा पासवर्ड फेला पार्यो भने त्यसकै आधारमा अन्य धेरै तिर तपाईको एकाउन्टमा उसको पहुँच हुन सक्छ । यसैले फरक फरक प्रयोजनका लागि फरक फरक पासवर्ड राख्नु आवश्यक हुन्छ ।

कस्ता कस्ता पासवर्ड राख्छन् मान्छेले ?

आफुलाई सम्झन सजिलो होस् भनेर धेरै जसो मानिसहरुले आफ्नो मोबाइल नम्बरलाई नै पासवर्डका रुपमा प्रयोग गर्छन् । त्यस्तै password लाई नै पासवर्डका रुपमा प्रयोग गर्नेको संख्या पनि उच्च छ । नियमित अंकहरु जस्तै १२३४, १२३४५, १२३४५६ जस्ता अनुमान गर्न सकिने पासवर्डहरु प्रयोग गर्नेहरु पनि हुन्छन् । त्यस्तै प्रेमि वा प्रेमिका, पतिपत्नी, छोराछोरी तथा आफ्नो ठाउँको नाम पासवर्डका रुपमा प्रयोग गर्नेहरु टन्नै हुन्छन् ।
२०१८ मा भने यस्ता पासवर्ड सर्वाधिक प्रयोग भएका रहेछन् । पढ्नुहोस् – २०१८ मा सर्वाधिक प्रयोग गरिएका २५ पासवर्डहरु

कसरी राख्ने दह्रो पासवर्ड ?

दह्रो पासवर्ड भनेर अनुमानका भरमा मिलाउँन नसकिने किसिमका पासवर्डहरुलाई भनिएको हो । क्यापिटल अक्षर (uppercase letter), साना अक्षर (lowercase letter), केहि अंक र केहि चिन्हहरु मिलाएर बनाइएको पासवर्डलाई दह्रो पासवर्डका रुपमा बुझ्न सकिन्छ । जस्तै : nePAl0)97& । यो पासवर्डमा नेपालसँग नेपालको कन्ट्रीकोड जोडिएको मात्रै हो तर कम्प्युटरमा टाइप गर्दा बेला बेला सिफ्ट कि थिचिदिदा यो अनुमान नै गर्न नसकिने भइदियो । यसमा p,a, पछिल्लो 0 र अन्तिमको 7 मा सिफ्ट कि थिचिएको छ ।
नेपाली टाइप जान्नेका लागि 
यदि तपाईलाई नेपालीमा टाइप (रोमनाइज्ड युनिकोड होइन) गर्न आउँछ भने अफ्ठ्यारो र दह्रो किसिमको पासवर्ड बनाउँन एकदमै सजिलो हुन्छ । अंग्रेजी किबोर्डलाई नेपाली किबोर्ड सम्झेर टाइप गर्दिनुस्, बुझ्नै नसकिने पासवर्ड बन्छ जुन तपाई आफुलाई भने सम्झिन सजिलो हुन्छ । जस्तै फेसबुकमा पासवर्ड राख्न पर्यो भने अंग्रेजी किबोर्डमा नेपाली किबोर्ड सरह फेसबुक टाइप गर्नुस्, ट्रेडिसनल युनिकोडमा K];a’s र प्रिति फन्टमा km];a’s बन्छ । अझ मजबुत बनाउँन मेरो, हाम्रो आदि शब्द अगाडी पछाडी थप्न सक्नुहुन्छ ।
नोट : कुनै कुनै वेबसाइटले अक्षर र अंक भन्दा अन्य संकेतहरुलाई पासवर्डका रुपमा नस्विकार्ने पनि हुन सक्छ ।
यति गर्नु भयो भने कसैले अनुमान नै गरेर तपाईको पासवर्ड भने मिलाउँन सक्दैन ।

Roshan Thpa

About Roshan Thpa -

Roshan Kumar Thapa is veteran keen tech-savvy person which has enabled him to qualify for the job. He has knowledge in wide range of IT fields. He is highly trained and skilled in Graphic design, Tally, A+ hardware and networking, AutoCAD, Web Design/Development, Application Development, Video editing, Q-Basic and had good knowledge of C, C++, C# and Java programming. He keeps a keen interest in information technology and loves to keep himself updated through news, magazines, books, and blogs. He likes to learn and share his knowledge. He also runs a blog where he posts updates about the latest advancements in technology and his own teachings as well.

Subscribe to this Blog via Email :